धेरै रोएपछि यो खुशी आएको होकी
यो खुशीपछि फेरि पिडा आउने हो
रमाउँछु यो पल अनि डराउँछु पनि
खुशी हराउँने पो होकी भनेर
नयाँ साथीको नयाँ साथले पुराना तिता पल पखालेझैँ लाग्छ
आज मलाई फेरि जीउन सिकाएझैँ लाग्छ
आज आफ्नो हाँसो सुनेर आफै अचम्म मान्छु
अनि उसको कुरामा एत्तिकै रमाउँछु
आज बदलियेछु म सायद
अनि यही बदलाबसँग पिरती बसेछ सायद।
No comments:
Post a Comment