Tuesday, August 16, 2016

अधैर्य मन

अधैर्य मन
चंचल यो उसको यादमा
आफ्नै दुनियाँमा हराएर
एत्तिकै मुस्कुराउँछ

नसम्हालिने यो मनको भाव
समेत्दा समेत्दै बहिजान्छ
समुन्द्र को छाल झैँ

उस्को सामुन्य आइपुग्द्दा टक्क रोकिन्छ
यो साँस मेरो
हृदयमा बास बसेछ
क्यार उसको
उसकै कल्पनामा व्यतित हुन्छ
अनि उस्कै यादमा हराउँछ
यो मन मेरो

भुलाउन उसलाई
कहाँ कहाँ  डुलाउँछु
यो मनलाई

अधैर्य यो मन भने
उसैमा गएर अल्झिन्छ
चुडिएर गएको चंगा
रुखमा गएर अल्झिएझैँ

No comments:

Post a Comment

Differences

And my dear we differ on whole perspective of life Your ultimate goal is to settle down And mine is to travel, roam and never to...