
तिमी आयौ मेरो जिन्दगीमा
हुरिले भरेको यो मनलाई
शान्त फेरि बनाउन
आफ्नै सोचको आतन्कमा
एक्लै म निसास्सिदा
चिसो आनन्दको बतासझैँ
तिमी आयौ मेरो जिन्दगीमा
आफ्नै सहर मलाई अन्जान लाग्दा
कोलाहलमा म आत्तिदा
तिमी आयौ मलाई सम्हाल्न
निर्धक्क मलाई बनाउन
न्यानो घाम पनि ल्यायौ साथमा
इन्द्रेणी भर्न मेरो जिन्दगीमा
No comments:
Post a Comment