आज अनायासै तिम्रो याद आयो
केहि भयो की भनि मन एकैछिन आत्तियो
के छ हाल बताइदेउ
केहि खबर बरु सुनाइदेउ
वर्षौं बिते छ सायद
सङ्गै हामी नहिदेको
समय निक्कै बिते छ सायद
चिया पिउदै गफमा हामी रमाएको
संसार जित्ने आशमा होला सायद
बिच बाटोमा हामी छुट्टेको
की हो मात्रै बाटो हामीले बिराएको
के छ हाल बताइदेउ
केहि खबर बरु सुनाइदेउ
No comments:
Post a Comment